सूर्योदय नगरपालिकाको पर्यटकीय गन्तब्य गुफापातलमा राष्ट्रिय झन्डा फहराईयो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली पर्यटन प्रदेश नं. १ प्रमोसन

फिक्कल : प्रजातन्त्र दिवसको अवसरमा सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र गुफापतालमा नेपाली राष्ट्रिय झन्डा राखिएको छ । तेश्रो मुलुकका पर्यटकहरुको आगमन हुने नेपाल–भारतको सिमा क्षेत्रमा रहेको पर्यटकीय गन्तव्यमा नेपालीपन झल्कने विम्ब नहुँदा समस्या हुँदै आएको थियो ।
७१ औ प्रजातन्त्र दिवसको अवसरमा गुफापातल क्षेत्र पर्यटन विकास समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद काजीमान कागते र विशेष अतिथि नगर उपप्रमुख दुर्गादेवी भट्टराईले झन्डोतोलन गरेका हुन् । पर्यटन विकास समितिका अध्यक्ष हर्कधन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कागतेले मुलुक लोकतन्त्र, गणतन्त्र र संघीय प्रणालीमा आएपछि द्रुत गतिमा विकास अगाडी बढेको बताए ।


उनले पुर्व पश्चिम जोडने एक मात्र सडक रहेको अवस्थामा अहिले मेचीबाट महाकाली जोड्ने ३ वटा सडकको निर्माण कार्य तिव्र रुपमा अघि बढेको बताए । उनले केही समय भित्रै देशमा ३ वटा अन्तराष्ट्रिय विमानस्थल संचालन आउने बताए । कागतेले सूर्यास्तको लोभलाग्दो दृश्य देखिने गुफापतालको प्रर्वद्धन गर्न सके नेपालको मात्र नभई भारतीय पक्षलाई समेत लाभ हुने बताए । कागतेले गुफापातलको बिकासका लागि आफुले प्रदेश सरकार सक्षम पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमको विशेष अतिथि नगर उपप्रमुख दुर्गादेबी भट्टराईले राष्ट्रिय राजनितिमा उथलपुथल भएपनि स्थानीय सकारलाई कुनै असर नहुने बताइन् । उनले अहिलेको राष्ट्रिय राजनिति जस्तो सुकै भएपनि स्थानीय सरकार बलियो बनेर काम गर्दै गएको बताइन् । उनले संसद बिघटन पछि माथिल्ला सरकारमा केही समस्या सृजना भएपनि स्थानीय सरकार ५ बर्षसम्म दिएको अधिकार स्वतस्र्फुत रुपमा अघि बढाउन सक्ने व्यवस्था गरेको उल्लेख गरिन् ।

उनले सूर्योदयको दृश्य देखिने श्रीअन्तु र सूर्यास्तको दृश्य देखिने गुफपातललाई जोड्न सबै एकजुट हुनुपर्ने बताइन् गुफापताल क्षेत्रको विकासका लागि नगरमा पटक पटक छलफलह भएपनि प्राविधिक समस्याका कारण काम गर्न कठिनाइ भइरहेको उल्लेख गरिन् ।
पुर्व गाविस अध्यक्ष नन्दलाल लामिछानेले छिमेकी राष्ट्र भारतका अतिथिहरुले सम्भावना बोकेको पर्यटकीय गन्तव्य नेपालमा भएपनि विकास गर्न नसक्दा पछि परेको बताए । प्राकृतिक सौन्दर्यले भरिएको नेपाली गन्तव्यहरुको विकासमा कटिवद्ध नहुँदा अपेक्षिकृत विकास गर्न नसकेको बताए । भारतीय नागरिक ललित नेपालले सुन्दर पर्यटकीय स्थल भए पनि नेपालले गुफापातलको बिकास गर्न नसकेको बताए ।
समितिका अध्यक्ष हर्कधन तामाङले गुफापातलको बिकासमा तीनै तहका सरकारले बेवास्ता गरेको आरोप लगाए । नेपाल भारत दुबै देशका पर्यटक आउने गुफापातलमा पछिल्लो समय होमस्टे खुल्ने क्रम समेत शुरु भएको छ । सोही कार्यक्रममा नगर उप प्रमुख भट्टराईले फोहोरमैला ब्यवस्थित गर्नका लागि ब्यक्तिगत लगानीमा डष्टविन बितरण गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.