मोटरसाईकल दुर्घटनामा ग्लोवल आइएमई बैंक फिक्कल शाखाका प्रमुख आचार्यको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

फिक्कल: झापामा भएको मोटरसाईकल दुर्घटनामा ग्लोवल आइएमई बैंक फिक्कल शाखाका प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।शुक्रबार साझ चारआलीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्कीदा घाईते भएका शाखा प्रमुख आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
शुक्रबार साँझ करिब ७ः२० बजे मेचीनगर १३ चारआलीस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै आउदैको मे ११ प ४४७८ नंम्बरको र बिपरित दिशाबाट जादै गरेको मे ११ प ११३१ नंम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्कीदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मे ११ प ४४७८ नंम्बरको मोटरसाइकल चालक मेचीनगर १३ धाईजन भएका ३८ वर्षिय आचार्य ,पछाडि सवार भद्रपुर १० बस्ने २६ वर्षिय बिकाश बुढाथोकी , मे ११ प ११३१ नंम्बरको मोटरसाइकलका चालक अर्जुनधारा १० बस्ने १८ वर्षिय मनिष परियार घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि बिएण्डसी हस्पिटल भर्ना गरिएको थियो ।घाईते मध्ये शाखा प्रमुख आचार्यको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published.