रोङमा विद्यालय कर्मचारी र बालशिक्षकको तलव बढ्यो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

गोबिन्द पौडेल:रोङ गाउँपालिकामा न्युन पारिश्रमिकमा काम गरिरहेका बिद्यालयका कर्मचारी र बाल शिक्षकहरुको आगामी बैशाख १ गतेबाट लागु हुनेगरि तलव बढेको छ ।
नेपाल शिक्षक सघ रोङको तेश्रो साधारण सभामा बिद्यालय कर्मचारी र बाल शिक्षकहरुको न्युन पारिश्रमिक रहेकोमा कुनै पनि तहको सरकारको ध्यान नगएको चर्चा भईरहदा रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले संघीय सरकारले आगामी बर्ष यस बारेमा ध्यान नदिए आफुहरुले सोच्ने प्रतिबद्धता गर्नु भएको महिना नबित्दै दशौ गाउँसभाले चालु बर्षको लागि रु ७ लाख ३५ हजार निकासा गरी मासिक प्रोत्साहन रकम अनुमोदन गरेपछि तलव बढ्ने पक्का भएको हो ।
जसको लागि मासिक ११हजार ५सय खाईपाई आईका बिद्यालय कर्मचारीहरुलाई मासिक २ हजार ,मासिम ७हजार ५ सय पाउने कर्मचारिहरको लागि मासिक १५ सय मासिक ४ हजार ५ सय पाउने बिद्यालय कर्मचारीलेमासिक ३ हजार थप प्रोत्साहन रकम पाउने भएका भएका छन् ।यसैगरि मासिक ६ हजार तलव खाईपाई आएका बाल शिक्षक हरुलाई थप ४ हजार रकम गाउपालिकाले थपिदिने भएपछि उनिहरुले अव मासिक रुपमा १० हजार तलव पाउने भएका छन ।
सघिय र प्रदेश सरकारले अहिले सम्म आफुहरुको तलव बृद्धिमा ध्यान नगरिरहेको बेला आफुहरुलाई ढिलै भएपनि गाउँपालिकाले राहत दिएकोमा खुसी लागेको सरस्वती माध्यमिक बिद्यालयका बिद्यालय कर्मचारी गणेश राईले बताए ।

Leave a Reply

Your email address will not be published.