इलामको माने भञ्ज्याङमा सशस्त्र प्रहरीको बीओपी स्थापना , रोङ देखि सन्दकपुर सम्म शसस्त्र प्रहरी सीमा सुरक्षामा खट्दै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

प्रेम अधिकारी, फिक्कल:
इलामको सूर्योदय नगरपालिका १ को भारतीय सीमावर्ती क्षेत्र माने भञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौ बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ ।
सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका साथ सनिबार इलामका सीमावर्ती क्षेत्रमा बीओपी स्थापना गर्ने अभियान अन्र्तगत सातौ बिओपीको स्थापना गरिएको हो ।
सीमावर्ती क्षेत्रको बीओपी सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह वाहिनी सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दहालले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
नगर प्रमुख राईले बीओपी उद्घाटन गर्दै स्थापना भएका बीओपीलाई व्यवस्थित , प्रविधिमैत्री, सवल, सुदृढ बनाउन जरूरी रहेको बताउनु भयो । नगर प्रमुख राईले नेपालको भूमि प्रयोग गरी आवातजावात गर्न सक्ने यायायातका साधन र सडक निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिन नसके प्रहरीको मनोवललाई उच्च राखी काम गर्न सकिन्छ या सकिन्दैन भन्ने बारेमा सोच्न जरूरी रहेको चिन्ता ब्यक्त गर्नु भयो ।
नगर प्रमुख राईले भन्नु भर्यो बीओपी स्थापनाले नगरपालिकाको निम्ति मात्रै हैन सिगो राष्ट्रको हितको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।’ ‘सीमा सुरक्षामा राष्ट्रको उपस्थिति भयो अव दिगो शान्ति, सुशासन कायम र मानवीय सुरक्षाको प्रत्याभूति हुनेछ नगर प्रमुख राईले भन्नु भयो ।’
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह वाहिनी सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दहालले बीओपी स्थापना भए पछि सीमा क्षेत्रको सुरक्षा संगै सीमानाबाट हुने अवैध गतिविधि नियन्त्रण हुने बताउनु भयो ।
इलामको रोङ गाउँपालिकाको मेची किनार देखि सन्दकपर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ किलो मिटरको सीमा क्षेत्रका ७ स्थानमा बीओपी स्थापना गरिएको शसस्त्र प्रहरी नम्बर १ हेडक्वाटर श्रीअन्तु गण इलामका प्रहरी उपरीक्षक सुधिरजंग थापाले जानकारी दिनु भयो ।
सलकपुर , समालबुङ, छब्बीसे , पशुपतिनगर, मानेभञ्ज्याङ, जौबारी र कालपोखरीमा बीओपी स्थापना भैसकेको छ ।
आगामी दिनमा रोडको माथिल्लो पाटापुर, सूर्योदयको सुङतुङ,खोला गोदाम, हिले ,चित्रेगुम्बा, माईजोगमाइको मेग्मा , सन्दकपुरको गैरीबास र आलटारमा बीओपी राख्नका लागि पहल भैरहेको छ ।मानेभञ्ज्याङमा सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा काम भैरहेको छ ।
इलामका सीमावर्ती क्षेत्रमा बीओपी राख्नका लागि शसस्त्र प्रहरी इलामका प्रहरी एसपी सुधीरजंग थापा र पशुपतिनगर बीओपीका इन्सपेक्टर नविन खतिवडाले जमिन खोज्ने , स्थानीय संग समन्वय गर्ने काम गर्नु भएको थियो । छोटै समयमा भारतीय सीमा क्षेत्रका सात स्थानमा बीओपी राखी सकिएको छ । पछिल्लो समय शसस्त्र प्रहरीले भारतीय सीमा सुरक्षाबल एसएसबी संग समेत सम्बन्ध सुधार सहित समन्वयमा काम गर्दे आएको छ ।

Leave a Reply

Your email address will not be published.