फरार अभियुक्त पक्राउ अभियानमा इलाम प्रहरीलाई सफलता,कैदीबन्दी ब्यबस्थापनमा कारागारलाई समस्या

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

गणेश घिमिरे,इलाम:

बिभिन्न अपराध गरेर अदालतबाट सजायको फैसला सुनाएपछि फरार रहेका अभियुक्तहरुलाई प्रहरीले बिगत केहीबर्ष अघिबाट धमाधम पक्राउ गरीरहको छ । इलाममा जिल्ला प्रहरी कार्यालय इलामले फरार अभियुक्त पक्राउ अभियान नै चलाएर उनीहरुलाई पक्राउ गरेर सजाय भुक्तानका लागि कारागार पठाउँदै आएको छ ।

यो अभियानले इलाम प्रहरीलाई ठूलो सफलता हात परिरहेको छ । चालु आर्थिक बर्षको हालसम्म प्रहरीले जिल्लाका बिभिन्न क्षेत्रबाट २४ जना फरार अभियुक्तहरु पक्राउ गरीसकेको छ । प्रहरीको कार्य सम्पादन सम्झौतामा यो बर्ष इलाम प्रहरीले २४ जना फरार अभियुक्त पक्राउ गर्नुपर्ने हुन्छ । त्यो सम्झौता सात महिनाको अवधिमै इलाम प्रहरीले पूरा गरीसकेको छ ।

तर अब शतप्रतिशत लक्ष्य हासिल गर्ने अभियानमा इलाम प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय इलामका इन्स्पेक्टर नविन राईले बताउनुभयो । जिल्ला अदालतबाट इलाम प्रहरीलाई ३ सय ९७ जना फरार अभियुक्त रहेको लगत प्राप्त भएपनि त्यो तथ्याङ्क अपडेट नभएकाले अब जिल्लामा झण्डै ३ सयको हाराहारीमा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

फरार रहेका उनीहरुको खोजतलासलाई तिब्रता बनाएको इन्स्पेक्टर राईको भनाई छ । प्रहरीको तथ्याङ्कमा जिल्लामा सबैभन्दा बढी बन मुद्धाका १ सय ११, फौजदारी मुद्धाका २ सय ६० जना र देवानी मुद्धाका २६ जना फरार अभियुक्तको सुचीमा रहेका छन् । त्यसमध्ये चालु आर्थिक बर्षमा पक्राउ परेकामध्ये जवरजस्ति करणि, कर्तब्य ज्यान, बन, बहुबिबाह, कुटपिट मुद्धाका बढि रहेका छन् । अदालतबाट फैसला सुनाएपछि दोषि ठहर भइ फरार रहेकालाई ढिलै भएपनि कानुनी दायरामा ल्याइ र पिडीतलाई न्याय पिडकलाई सजाय दिलाइ छाड्ने दृणताका साथ प्रहरीले फरार अभियुक्त पक्राउ अभियानै चलाएर पक्राउ गर्दै आएको प्रहरीको भनाई छ । यस्तै फरार अभियुक्त पक्राउ गरेबापत त्यसमा खटिने प्रहरीहरुले थप सेवा सुबिधा पाउने भएकाले पनि प्रहरीहरु फरार अभियुहरु पक्राउ अभियानमा सक्रिय भएर लागेको हो ।

कैदीबन्दी ब्यबस्थापनमा कारागारलाई समस्या

इलाम प्रहरीलाई फरार अभियुक्त पक्राउ अभियानमा सफलता मिलेपनि इलाम कारागारको ब्यबस्थापनमा भने चुनौती थपिएको छ । अपराध गरेकालाई कानुनी दायरामा ल्याउनै पर्छ, तर कैदीबन्दिहरु थपिँदा कारागारको ब्यबस्थापनमा भने समस्या आउन थालेको इलाम कारागारका जेलर प्रदिप श्रेष्ठले बताउनुभयो ।

१ सय २० जना क्षमता रहेको इलाम कारागारमा अहिले महिला २२ र २ सय ३१ जना पुरुष कैदीबन्दि रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दि हुँदा खानेपानी, शौचालयदेखि लिएर हरेक कुराको समस्या हुने गरेको जेलर श्रेष्ठको भनाई छ ।

एकातिर फरार अभियुक्त पक्राउ अभियानले इलाम कारागारमा कैदीबन्दि बढ्दो क्रममा छ भने अर्कोतर्फ अन्य जिल्लाका कैदीहरुलाई पनि सरुवा गरेर ल्याउँदा कारागारमा क्षमता भन्दा बढि कैदीबन्दि रहेको कारागार प्रशासनको भनाई छ । प्रहरीको अभियानै सञ्चालन नहुँदा पनि इलाम कारागारमा क्षमता भन्दा बढी कैदीबन्दिहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published.