‘ नगरबासीको गुनासो सुन्दै सूर्योदयका नगर प्रमुख राई ’

  • 39
    Shares
‘ नगरबासीको गुनासो सुन्दै सूर्योदयका नगर प्रमुख राई ’

राजकुमार दहाल,फिक्कल:

सूर्योदयनगरपालिका ७ मा गुनासो चौ्रतारी कार्यक्रम सम्पन्न भएको छ ।सूर्योदयनगरपालिकाले बिगत ३ बर्ष देखि आयोजना गर्दै आएको कार्यक्रम यस बर्ष पनि जारी राखेको हो । हरेक वडावडा मा पुगेर जनताको गुनासो जिज्ञासा र सुझाव सुन्दै त्यसै अनुसार अगाडी बढने उदेश्य अनुसार कार्यक्रम गरिएको सूर्योदयनगरपालिकाले जनाएको छ ।

वडा न ७ का वडा अध्यक्ष लेखनाथ खडकाको अध्यक्षता तथा सूर्योदयनगरपालिका का प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वाड न ७ का स्थानीय बासीहरु गिरीराज राई , तारा खडका , रितुराज पौडेल लगायत २० जनाले वडाका बिभिन्न सवालका बारेमा आफना गुनासा जिज्ञासाहरु राखेका थिए ।

वडाबासीले नगरका कृषि क्षेत्र स्वास्थ्य खानेपानी बाटो बिजुली लगायतका बिभिन्न सवालमा आफना धारणा राखेका थिए । नगरले कन्याम क्षेत्रका ब्यटिफिकेशनमा ध्यान दिएका वडाका अम्बी क्षेत्रमा बर्थिङ सेन्टर निमार्ण गरेको लगायतका काममा नगर प्रमुख राईलाई वडाबासीले धन्यवाद दिएका थिए । भने खानेपानीको पहुच सबै क्षेत्रमा पुराउन अलवेदर सगैँ ग्रामिण सडकहरुलाई कालोपत्रेको अवधारणमा लैजान कृषि क्षेत्रका तालिम मलखाद बिउबिजको ब्यवस्था गर्न माग गरेका थिए ।

सहभागीको जिज्ञासाको जवाफ दिदै नगरप्रमुख राईले सूर्योदयनगरपालिका परिर्यटकीय नगरी भएकोले पर्यटन मैत्री वातावरण बनाउदै कसरी सबै क्षेत्रमा दिगो बिकास गर्न सकिन्छ भन्नेबारेमा नगरपालिका गभिंर रहेको बताउनु भयो । उहाँले यहाँका कृषक बर्ग मज्दुर बर्गको् जिवन स्तर कसरी माथी उकास्न सकिन्छ भन्नेबारेमा नगरले दिगो विकासको अवधारणाका साथ काम गरीरहको जानकारी दिनु भयो ।

राईले आगामी १ महिना भित्रमा वडा नम्बर ७ मा निमार्ण भएको बर्थिङ सेन्टरको औपचारीक उद्घाटन गरीने जानकारी दिनु भयो । बर्थिङ सेन्टरको भवन ६४ लाख मा निमार्ण भएको हो भने
आवश्यक सामाग्री १७ लाख बराबरमा खरिद गरीने जानकारी प्राप्त भएको छ ।

कृषी शाखा प्रमुख नारायण लम्लास पशुशाखा प्रमुख वडा सदस्यहरु तेजबहादुर खडका , चित्र बहादुर राई , गगां देवि खतिवाडा लगायत सयौको सङ्ख्यामा स्थानीयको उपस्थीति रहेको कार्यक्रममा वडा अध्यक्ष खडकाले वडा नम्बर ७ मा सबै वडाबासीको चाहाना अनुसार उहाहरुकै सुझावमा विकासका काम भईरहेको बताउनु भयो ।

अनुदानमा गाई वितरण कार्यक्रममा कुनै विवाद नगरी ६ जना कृषक छनोट गरीएको र गाई समेत वितरण गरिककिएको अल वेदर सडक निमार्णकाम आधा भन्दा बढि सकिएको वडाका कार्यक्रमहरु क्रमश जारी राखेको बताउनु भयो । किृषि समाग्री खरिद वितरण लगायत वडाका लक्षित समुहका कार्यक्रम पनि जारी रहेको उहाँको भनाई छ ।गुनासो सुन्न नगर प्रमुख नै वाडवाडमा आएपछि स्थानीय बासीहरु पनि हर्षित भएका छन् ।कार्यक्रम नवनिर्मित बर्थिङ सेन्टरको भवनको प्राङगडमा भएको हो ।