इलामको रोङ गाउँपालिकामा नि:शुल्क दन्त शिबिर

  • 68
    Shares
इलामको रोङ गाउँपालिकामा नि:शुल्क दन्त शिबिर

ईलामको रोङगाउँपालिकामा निः शुल्क दन्त शिबिर भैरहेको छ । ७१ जनाले सेवा लिदा २० जनाले पुरै सेट दात उपहार पाएका छन् ।
तिन दिनसम्म चल्ने पहिलो दिनको कार्यक्रमा ४२ महिला र २९ पुरुषले सेवा लिएकोमा १२ जनाले ६७ बटा दात पाउदा ३६ जनाले ९३ बटा दात खोलेका थिए । आज दोस्रो दिन पनि शिबिर संचालन भैरहेको छ ।
प्रदेश न १ को जेष्ट नागरिक दन्त उपहार कार्यक्रममा पुर्वाञ्चल डेन्टल हस्पिटल ईटहरीले प्रबिधिक सहयोग सामाजिक बिकास मन्त्रालय प्रदेश न १ को सहकार्य र गाउँपालिकाको आयोजनमा भएको हो । गाउँपालिकामा निशुल्क रुपमा शुरु भएको शिबिरको अधिक फाइदा लिन उपाध्यक्ष चन्द्रकला राईले सबैमा आग्रह गर्नु भएको छ ।