पाटेनागी पर्यटकीय क्षेत्र इलाम नगरपालिकाको प्रमुख प्राथमिकतामा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली पर्यटन प्रदेश नं. १

इलाम: इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पर्यटकीय क्षेत्र पाटेनागी क्षेत्रमा इलाम नगरपालिकाको नगरकार्यपालिकाको ९७ औँ बैठक सम्पन्न गर्दै, यसलाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको छ ।

बैठकमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पर्यटन समितिका पदाधिकारी, पत्रकार, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो । पालिका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । स्थानीयहरुले बैठकमा सहभागीलाई स्वागत समेत गरेका थिए ।

पाटेनागीको नै किन प्रमुख प्राथमिकतामा ?

इलाम नगरपालिकाको सदरमुकामबाट ४० किलोमिटर टाडा र बागखोर बजारबाट ६ किलोमिटरको यात्रापछि पाटेनागी पुग्न सकिन्छ । साडे आठ हजार फिट अग्लो स्थानमा रहेको पाटेनागीबाट सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमाल देख्न सकिन्छ । यस्तै प्रदेश १ का धेरै जिल्लाका रमणीय भू–भाग नियाल्न सकिन्छ भने विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकन गर्न समेत सकिन्छ ।

सूर्योदय र सूर्यास्तको दृश्य पाटेनागीबाट पनि देख्न सकिने भएकाले यसलाई इलामको सुर्योदयमा पर्ने श्रीअन्तु जस्तै बनाउने, यस क्षेत्रमा घना गुराँसे जङ्गल रहेकाले भएका गुराँसलाई संरक्षण गर्दै विभिन्न प्रजातिका अन्य गुराँस पनि रोप्ने, भग्नावशेष अवस्थामा रहेका केहि ऐतिहासिक घर पनि भएकाले धनमाने देउराली, कुहिभिरको ओडारे ढुङ्गा, पाटेनागीको जङ्गल यस क्षेत्रका प्रमुख क्षेत्र मानिन्छन् । डा। के।आर खम्बूले पत्ता लगाए अनुसार, इलाममा मात्र पाइने विशेष प्रजातिको भ्यागुतोहरु जस्तो ‘लेकाली टिकटिके पाहा, ‘मालिङ्गे पाहा पाइन्छ । नयाँबुलन्दबाट

Leave a Reply

Your email address will not be published.