शिक्षकका लागि रोङ गाउँपालिका: पहिला सिकाउ अनि टिकाउ अभियानमा

शिक्षकका लागि रोङ गाउँपालिका: पहिला सिकाउ अनि  टिकाउ अभियानमा


गोबिन्द पौडेल:
शिक्षण पेशामा लागेकोहरुको लागि पेशाको स्थायीत्व बनाउन रोङ गाउपालिकाले शिक्षकहरुलाई भर्चुअल कक्षा सचालन गर्ने भएको छ ।
अहिले बिध्यमान नानाथरिले शिक्षकलाई बर्गिकरण गरेर पेशाकै सुनिश्चता नरहेकोमा गाउपालिका भरिका राहत ,करार,अनुदान ,बालबिकासका शिक्षकहरुलाई शिक्षा सेवा आयोगको परिक्षामा सामेल हुनको लागि तैयारि गराउन भर्चुअल कक्षाको ब्यवस्ता गरि शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित रहेर बिज्ञ हरुवाट तैयारि कक्षा सचालन गरिने भएको हो ।

शिक्षकहरुको पेशागत सगठन नेपाल शिक्षक सघको आग्रह अनुसार शिक्षक सेवा आयोगको परीक्षा तैयारिमा शिक्षक हरु बिद्यालय छाडेर जादा वालबालिकाहरुको सिकाईमा असर हुने हुदा बिज्ञहरुबाट प्रबिधिको प्रयोगबाट भर्चुअल कक्षा गाउपालिकाको आर्थिक सहयोगमा सचालन गरिन लागेको गाउपालिका अध्यक्ष समसेर राईले बताए ।

आयोगको तैयारी गरेर बालबालिकाहरुको पढाईमा असर पनि नहुने र समयको पनिबचत हुने भएकोले शिक्षकलाई सिकाउने र पेशामानै टिकाउनको लागि यो प्रस्ताब गरिएको नेपाल शिक्षक सघ रोङका अध्यक्ष लाख बहादुर सावाले बताए ।
अहिलेलाई भर्चुअल कक्षामा सहभागि हुन चाहनेयोग्यता पुगेकाप्राथमिक तहमा शिक्षकहरुलाई पेशा स्थायी बनाउन चाहनेलेअस्थाई,करार,अनुदान बिद्यालय कर्मचारीहरु र बालबिकासका शिक्षक हरुलाई आबेदन गर्न रोङ गाउपालिका शिक्षा शाखाले सुचना नै प्रकासित गरेको छ ।

सहभागि शिक्षकहरुको लागि हप्तामा ६ दिन भर्चुअल कक्षा सचालन गरि १ दिन कन्ट्याक कक्षा सचालन गरेर तैयारी गरिने योजना रहेको छ ।यस अघिपनि रोङ गाउलिकाले बिद्यालय कर्मचारी र बालशिक्षकहरुको तलव बढाउने निर्णय गरिसकेको छ ।