सवारी चालकलाई दुर्ब्यवहार गरेको भन्दै इलामको सोक्तिम-मंगलबारे सडक खण्ड अवरुद्ध

सवारी चालकलाई दुर्ब्यवहार गरेको भन्दै इलामको सोक्तिम-मंगलबारे सडक खण्ड अवरुद्ध

बिमल दाहाल, दानाबारी: सवारी चालकलाई दुर्ब्यवहार गरेको भन्दै आज बिहान देखि सोक्तिम-मंगलबारे सडक अबरोध गरिएको छ ।
हिजो सोक्तिममा मलामी गएका मानिसलाई बाटोमा गाडीले हर्न बजाएको, शोकमा रहेको वेला जबरजस्ति गाडी अगाडी बढाई मलामीलाई त्रास देखाएको भन्दै ड्राईभरलाई स्थानीयले दुर्व्यवहार गरेका थिए ।
आफुमाथि अन्याय गरेको भन्दै चालकले बाटोमा गाडी तेर्सियाएर प्रहरी कार्यालय गएका छन । बाटो अबरोध भएपछी सयौ यात्रीलाई सास्ति भएको बताईएको छ ।