रोङ गाउँपालिकाको ६ वटै वडामा कोभिड बिरुद्धको खोप लगाईदै

रोङ गाउँपालिकाको ६ वटै वडामा कोभिड बिरुद्धको खोप लगाईदै

गगन घिमिरे:कोभिड १९ रोग विरुद्ध खोप अभियान अन्तर्गत रोङ गाउँपालिकाको ६ वटै वाडमा संचालन भैरहेको छ। मंगलबार सम्ममा ६५ बर्ष माथिका ४ सय ४६ जना जेष्ठ नागरिकले खोप सेवा लिएका छ्न ।्
सोमबार वार्ड नम्बर १ मा ४६ दुई मा ५३ जना तीन नम्बर मा ३९ चार मा १० रोङ ५ मा २८ र छ नम्बर मा ६० गरि जम्मा २३७जनाले खोप सेवा लिएका छ्न । तेस्तै खोप को दोस्रो दिन रोङ एकमा ५३ जना दुई मा ३१ जना रोङ ३ मा ४३ रोङ ४ मा ७ रोङ ५ मा २४ र रोङ ६ मा ५१ गरि २०९ जनाले खोप लगाएको रोङ गापाको स्वास्थ सह संयोजक युवराज काफ्लेले जानकारी दिएका छ्न।

खोप बुधबार पनि लगाईने छ । गाउँपालिका अध्यक्ष सम्शेर राईले खोप कार्यक्रममा सहभागी बन्न ६५ बर्ष माथिका सबै नागरिकलाई आवहान गर्नु भएको छ ।