इलामको सूर्योदयमा आधारभुत तहको एकिकृत पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न

इलामको सूर्योदयमा आधारभुत तहको एकिकृत पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न

फिक्कलःइलामको सूर्योदय नगरपालिकामा आधारभुत तह कक्षा ९१—३० सम्म एकिकृत पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित उक्त कार्यक्रम शुक्रबार नगर सभाहलमा सम्पन्न भएको हो । नगरभित्रका १४ वटै वडाका सबै सामुदायिक,संस्थागत,धार्मिक तथा गुठी विद्यालयका शिक्षकहरुलाई २ चरणमा सहजिकरण गरिएको हो । गत चैत्र ३ गतेबाट शुरु कार्यक्रममा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख योगनिधि भट्टराई,प्राविधिक सहायक नवीन राज पौडेल र श्रोतब्यक्ति सुदर्शन प्रसाद खतिवडाले नयाँ पाठ्यक्रम वारे सहजीकरण गराउनु भएको थियो । समापन कार्यक्रममा सहभागिको तर्फबाट कमला भट्टराई, रमादेवि ढुङ्गेल र हरिप्रसाद ढुङ्गेलले मन्तब्य राख्नुभएको थियो ।