४० बर्ष भारतमा जेल जिवन बिताएका दिपक आज घर आईपुगे , परिवारमा खुसीयाली

  • 84
    Shares
४० बर्ष भारतमा जेल जिवन बिताएका दिपक आज घर आईपुगे , परिवारमा खुसीयाली

चिसापानी: भारतमा ४० वर्ष जेल जिवन बिताएर माई नगरपालिका १० का दिपक जैसी दुर्गा प्रसाद तिम्सीना आज अपरान्न घर आईपुग्नु भएको छ ।
भाईहरु प्रकास र धिरेन्द्रले दुई हातमा समातेर घर ल्याउदै गर्दा दिपकले दुई हात जोडेर उहाको पर्खाईमा बसेका सबैलाई नमस्कार मात्र गर्नु भयो कुनै प्रतिक्रिया दिन सक्नु भएन । लामो यात्राको थकानले गर्दा मलिन देखिने दिपक मानिसको भिडमा हुँदा डराएझै देखिनु हुन्थ्यो । उहाँले केही नबोलेर टाउको हल्लाएर घर पुग्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मिठाइ ख्वाउन लाग्दा पनि गुलियो खान मन नलागेको प्रतिक्रिया उहाँले दिनुभयो ।
छोरा फर्किएपछि उहाँकी बृद्ध आमा धनमायाले आशा मारे पनि अहिले फर्कीएकोमा फर्किएकाले खुसी लागको बताउनुभयो ।
४० वर्षपछि भारतको कोलकोत्तामा जेल जिवन बिताइ रहनुभएका माई नगरपालिका १० का दिपक घर आउदा परिवारमा खुसी छाएको छ । भाई प्रकाश र बिश्व सेवा बिस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतको साथमा उहा घर आईपुग्नु भएको हो । घर आईपुगे पछि भाई प्रकाश तिम्सिनाले अनाहकमा ४० बर्ष जेल बस्नु भएका दाजुको क्षतिपुर्तीका लागि फेरी भारतीय अदालत जाने बताउनु भयो । ।४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइ रहनुभएका तिम्सिनालाई कोलकोताको उच्च अदालतले गत बुधबार साधारण तारेखमा छोड्न आदेश दिएको थियोसन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेपछि उहाँलाई २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकोता जेल लगिएको थियो ।
दिपक जैसी नामले चिनिने तिम्सिना कोलकोतास्थित दमदम सेन्ट्रल जेलमा बस्दा बस्दै सेतै फुली सक्नुभएको छ । एक महिना अघि कोलकातोस्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उहाँलाई जेल मुक्त गराउने काम थालिएको थियो ।

माईनगरपालिका १० मा रहको दिपकको मुल घर
छोरा दिपक आउने बाटो हेर्दै ८५ बर्षीय आमा धनमाया