माईजोगमाईका स्थानीयले गरे मोटर बाटो उद्घाटन

घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन

विनु खड्का, नयाँबजारः माईजोगमाई गाउपालिका इलामको १ र ३ वडा जोडिने मोटर बाटो सोमबार उद्घाटन भएको छ । स्थानिय स्थरबाट निर्माण भएको बाटो माईजोगमाई गाउँपालिका वडा नं १ मा रहेको नागरिकको आस्थाको धरोहर शिव मन्दिरमा शिवको पुजा गरि उद्घाटन गरिएको हो । बाटोको उद्घाटन नेपाली काङ्ग्रेस माईजोगमाईका नेता सिटि सेर्पाले गर्नु भएको थियो भने उपस्थित सम्पुर्ण गाउँ बासिहरुलाई गाडिमा बाटो अवलोकन पनि गराईएको छ । कुनै पनि निकायले अहिले सम्म वास्ता नगेरेको ढाँडे गाउँमा मोटर पुग्दा स्थानिय खुसि भएका छन् । स्थानिय स्थरमा उत्पादन भएको साग सब्जीसमयमा बजारसम्म पुर्याउन सकिने र उचित मुल्यमा बिक्ने आसमा नागरिकहरु खुसी भएको दुर्गा पौडेलले जानकारी दिनु भएको छ । माईजोगमाई १ प्रेमेजुङ बाट सुरु भएको बाटो माईजोगमाई ३ ढाँडे पुग्नलाई स्थानिय स्थरको सहयोगमा २ लाख ७ हजार रकम उठेको र खर्च ३ लाख २८ हजार ५ सय भएको बाटो निर्माण समितिका कोसाक्ष संगीता थामिले जानकारी दिनु भयो । ग्रामिण छेत्रमा निर्माण भएको बाटोले सबै स्थानियलाई ठूलो टेवा पुगेको छ । स्थानिय सरकारले पनि सडकको स्तरउन्नतिमा सहयोग गरिदिए अझ सहज हुने समितिका अध्यक्ष सन्तोस पहरिले बताउनुभएको भएको छ ।

Leave a Reply

Your email address will not be published.