४० वर्षको जेल जिवन पछि दुर्गाप्रसादले पाए नागरिकता

४० वर्षको जेल जिवन पछि दुर्गाप्रसादले पाए नागरिकता

इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक)ले नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
४० वर्ष भारतको कोलकातामा जेल जीवन भोगेर केही दिन अघि माई नगरपालिका १० मा रहेको घर आइपुग्नुभएका दुर्गाप्रसाद तिम्सिना ९दीपक०ले आज जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताको प्रमाणपत्र लिनुभएको हो । उहाँको नागरिकता नम्बर ०३(०७(३२५१ हो । । जिल्ला प्रशासन कार्यालय इलामका शाखा अधिकृत देवीचरण फूयालले उहाँलाई नागरिकताको प्रमाणपत्र दिनुभएको हो । नागरिकता पाएपछि तिम्सिनाले आफूलाई खुशी लागेको बताउनुभयो । २०१७ साल साउन २० गते जन्मनु भएका तिम्सिनाको जन्म दर्ता, नागरिक्ता अहिलेसम्म थिएन । तिम्सिनाको उपचार लगायत अन्य प्रक्रियाका लागि नागरिक्ता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाइएको हो ।
माई नगरपालिका १० नम्बर वडा कार्यालयबाट हिजो ९बुधबार०नै दुर्गा प्रसादको नागरिक्ता बनाउनका लागि आवश्यक कागजपत्र तयार पारिएको थियो ।
जन्म दर्ता समेत नभएका तिम्सिनाको वडा कार्यलयमा विवरण राखी तीन जनाको नाता प्रमाणित र नागरिक्ताका लागि सिफारिस पत्र तयार पारिएको दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले जानकारी दिन भयो । भाइ प्रकाशचन्द्र शर्मा , भतिज गोपाल तिम्सिना र दुर्गा तिम्सिनाको नाता प्रमाणित गरिएको वडा कार्यालयले जनाएको छ । भारतमा जेल बस्दा दीपक जैसी नामले चिनिए पनि उहाँको नागरिक्ता दुर्गाप्रसाद तिम्सिनाकै नामबाट बनाइएको हो ।