निर्माण व्यवसायी संघ इलामको अधिवेशन तथा साधारणसभा स्थगित

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

इलाम : निर्माण व्यवसायी संघ इलामको ९ औ अधिवेशन तथा २० औ साधारणसभा स्थगित भएको छ । बुधबार बसेको कार्यसमितीको बैठकले आगामी चैत्र २४ र २५ गतेको लागि तय भएको कार्यक्रम स्थगित गर्न निर्णय गरेको हो ।

संघले सुचना जारी गर्दै नेपाल र भारतमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र जिल्ला विपद व्यवस्थापन समिती (डिसिएमसी) को बैठकको भीडभाड हुने सभा सम्मेलन मेला महोत्सव र नयाँ बर्षका कार्यक्रम नगराउने निर्णय अनुसार संघको कार्यक्रम अर्को सुचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको जनाइएको छ ।

गृह मन्त्रालयले चैत्र ९, स्वास्थ्य मन्त्रालयले चैत्र १२ र जिल्ला विपद व्यवस्थापन समितीको बैठकले चैत्र १६ गते भिडभाड हुने कार्यक्रम नगर्न नगराउन साथै कोभिड नियन्त्रणको लागि स्वास्थ्य परिक्षण, आइसोलेसन तयार राख्नुका साथै सिमा नाकाबाट आउनेहरुको रेकर्ड राख्ने जस्ता निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.