इलाम २८ चैत्र , महिला जागरण संघ इलामको २० औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशन सदरमुकाममा सम्पन्न भएको छ । इलाममा बिगत लामो समयदेखि सामाजिक क्षेत्रका साथै महिलाको हक अधिकार लगायतका बिभिन्न क्षेत्रमा काम गर्दै आएको संस्थाको २० औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशन सम्पन्न भएको हो । २८ बर्ष पूरा गरेको यस संस्थाले बिगत १२÷१३ बर्षअघिबाट तत्कालिन गोदक गाविसको राजदुवालीमा माईभगवती बृद्धाश्रम सञ्चालन गर्दै आएको छ । साधारण सभा तथा अधिबेशनको उद्घाटन सत्रमा संघकि अध्यक्ष एवं माईभगवती बृद्धाश्रम सञ्चालक समिति अध्यक्ष बिष्णु दाहालले संस्थाको बारेमा बिस्तृत जानकारी गराउँदै बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकि थिईन । संघबाटै सञ्चालन भइरहेको बृद्धाश्रम संचालनमा हालसम्म भए गरेका काम कार्वाहीको बारेमा पनि प्रतिबेदन मार्फत अध्यक्ष दाहालले प्रस्तुत गरिन । यस्तै संघको आर्थिक प्रतिबेदन पनि प्रस्तुत गरिएको छ । यस्तै एकै कार्यक्रममा माईभगवती बृद्धाश्रमको १२ औं साधारण सभा समेत भएको छ । सभाका आश्रम सञ्चालक समितिका कोषाध्यक्ष कोमल निरौलालले आर्थिक प्रतिबेदन प्रस्तुत गरे । यता संस्थाले बृद्धाश्रम सञ्चालनमा बिभिन्न क्षेत्रबाट सहयोग गर्ने दाता तथा संस्थाका उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ । बृद्धाश्रमलाई बिभिन्न क्षेत्रबाट आर्थिक भौतिक रुपमा सहयोग पुरयाउनुहुने दाताहरु बिजय खाकी, टिका गुरागाइँ, हरि सुबेदी, प्रबासि इलामेली संघ मलेसिया, अनिश कार्की, मन्टेश्वरी बोडिङ स्कूल, फणिन्द्र कार्की, युवराज श्रेष्ठ, गोपाल भटटराई र बिमल ढुंगानालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरुलाई संस्थाकी अध्यक्ष बिष्णु दाहाल, तोयानाथ भटटराई, हिमालय कर्मचार्यले सम्मान गरिन ।
तीन कर्मचारीलाई सम्मान
महिला जागरण संघले कार्यालयमा कार्यरत तीनजना उत्कृष्ट कर्मचारीलाई छनौट गरेको छ । बिगत लामो समयदेखि संस्थामा रहेर संस्थाको काम कार्वाहीमा मेहनत र लगनशिल भएर काम गर्दै संस्थाको गरिमालाई उच्च बनाउने तीनजना कर्मचारीलाई सम्मान गरेको हो । सम्मानित हुने कर्मचारीहरुमा कमला राया घिमिरे, पूष्पा लिम्बू र राम मगर रहेकाछन । आफनो जीवनकालको सक्रिय समयदेखि निरन्तर रुपमा महिला जागरण संघ इलामको संस्थागत बिकासमा अबिस्मरणिय योगदान पुरयाएको भन्दै संस्थाले कर्मचारीलाई सम्मान गरेको बताएको छ । सम्मानित कमला घिमिरे बिगत ४÷५ बर्षअघिबाट संस्थामा कार्यरत छिन भने सम्मानित लिम्बू र मगर निकै लामो समयदेखि कार्यरत रहेका छन । आफूहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेकोमा धेरै खुशि लागेको जिम्मेवारी थप बहन भएको महशुस गरेको सम्मानित मध्येका कर्मचारी कमला राया घिमिरेले बताईन ।