इलाममा एमाले फेरी दुई चिरा, झलनाथ-माधव पक्षको छुट्टै कार्यालय स्थापना

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

इलाम : प्रधानमंत्री के पी ओलीले स्वेच्छाचारी ढंगले पार्टी कव्जा गर्दै संसदीय लोकतन्त्र समेत धरापमा पारेपछि इलाममा एमाले पार्टी पुन संगठित बनेको छ ।
एमाले र माओबादी केन्द्र कायमै रहेको सर्वोच्च अदालतको फैसला पछि पनि पार्टीको विधान विपरित ओलीले आफ्ना नजिककालाई भित्र्याएर पार्टी कव्जा गरेको भन्दै माधव नेपाल र झलनाथ खनालको समूहले देशव्यापी रुपमा पार्टी पुनर्गठन गरेको हो ।
पुर्व प्रधानमंत्री समेत रहेका पार्टीका बरिष्ठ नेता झलनाथ खनालको जिल्लामा पुराना एवम् स्वच्छ छवि भएका नेता भक्त के सीको अध्यक्षतामा पार्टी पुन गठित भएको हो । नेकपा एमाले जिल्ला कमिटी विस्तारसँगै जिल्ला पार्टी कार्यालय इलाम मालापथ पदम बहादुर देवान मार्गमा स्थापना भइसकेको छ ।
भक्त केसी अध्यक्ष हरिबाला राई सचिव सोम शर्मा उपसचिव रहेको तीन सय एक जिल्ला कमिटि पुनर्गठन भइसकेको जिल्ला सचिवालयले जनाएको छ । यस्तै एक सय एक सदस्यीय जिल्ला सचिवालय समेत गठन भएको छ । कार्यालय सचिवमा अनेरास्ववियुका अध्यक्ष एम बी गुरुड. रहेका छन् ।
जिल्लामा पार्टी पुनर्गठनको रफ्तारसँगै विभिन्न जनवर्गिय र भातृ संगठनहरुको पुनर्गठन समेत भइरहेको बताइएको छ । युवा संघ नेपाल इलामको सम्मेलन आयोजक कमिटिको अध्यक्षमा महेश तिवारी चयन भएका छन् । एक सय एक जिल्ला कमिटि गठन सँगै गाउँ गाउँमा समेत युवा संघ गठनले तिव्रता पाएको बताइएको छ । अनेरास्ववियु सम्मेलन आयोजक कमिटि यस अघि नै गठन भइसको छ ।
यता पत्रकारहरुको पनि छुट्टै संगठन घोषणा गर्ने तयारी भएको बुझिएको छ । पत्रकार महासंघ इलामको निर्वाचनका क्रममा ३० जना पत्रकारहरुले गठबन्धन विरुद्धमा मत हालेका थिए । पार्टिको केन्द्र र प्रदेश कमिटी सँगै जिल्ला र पालिका स्तरमा समेत नेकपा एमाले समानान्तर समिति बन्ने क्रममा रहेको छ । इलामबाट प्रदेश कमिटिमा प्रदेश सभा सदस्य खिनु लङवा र टेक बहादुर राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published.