गणेश घिमिरे,इलाम:
कोरोना महामारीबाट ७/८ महिना शैक्षिक क्षेत्र नराम्ररी थलियो । त्यसपछि बिस्तारै माथि उठेको शैक्षिक क्षेत्र फेरी महामारीको चपेटामा पर्न थालेको छ । महामारी फैलिएसंगै देशका धेरै ठाउँमा बिद्यालयहरु बन्द हुन थालिसकेको छ । यता इलाममा तत्कालिन महामारीको जोखिम नभएकाले हाल शैक्षिक क्षेत्र सञ्चालनमा रहेको छ ।
तर जोखिम बढेको खण्डमा यस जिल्लाको शैक्षिक क्षेत्र पक्कै बन्द हुनेछ । बिद्यालय हाल सञ्चालन गरीरहँदा महामारी नियन्त्रण गर्नका लागि बिद्यालयको भूमिका महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा महमारीको जोखिम हाल नभएपनि जोखिम भएको खण्डमा बिद्यालय सञ्चालनको गतिबिधि कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल थालेको छ ।
यसै सन्दर्भमा सदरमुकामको ग्रिनभ्याली एकाडेमीले जोखिम बढेको खण्डमा बिद्यालय सञ्चालन के कसरी गर्न सकिन्छ भनेर अभिभावकको राय सुझाव लिन थालेको छ । बिद्यालयका सञ्चालक कुमार बैद्यले बिद्यालयले बिद्यार्थीलाई मास्क र सेनिटाइजर र थर्मन गनको प्रयोग अनिबार्य गराइरहेको र कडाइका साथ लागू गरीरहेको बताउनुभयो । उहाँले अवस्था हेरेर सिफ्ट सिस्टममा पनि बिद्यालय सञ्चालन गर्ने मनस्थिती बनाएको बताउनुभयो ।
यस्तै स्वास्थ्यका पूर्ण मापदण्ड अपनाएर अहिले बिद्यालय सञ्चालन भइरहेको जानकारी दिँदै ८ र १० कक्षा निरन्तर सञ्चालन गरीने बताउनुभयो । बिद्यालयका प्रधानाध्यापक राजन माइकल गुरुङ्गले बिद्यार्थी मार्फत अभिभावकलाई स्वास्थ्य सचेतना सम्बन्धि सचेत पत्र पठाइने तथा आफना बालबच्चा बिरामि भएको खण्डमा बिद्यालयमा नपठाइदिन आग्रह गर्नुभएको छ । उहाँले कोभिड १९ संकट ब्यबस्थापन केन्द्र तथा स्थानीय सरकारको सुचना अनुसार बिद्यालय अघि बढ्ने पनि बताउनुभयो ।