रोङको भालुझोडामा सवारी दुर्घटना हुँदा ५ जना घाईते

रोङको भालुझोडामा सवारी दुर्घटना हुँदा ५ जना घाईते

फिक्कल: इलामको रोङ गाँउपालिका ४ भालुझोडा स्थित मेची राजमार्गमा आज अपरान्न सवारी दुर्घटना पाँचजना घाईते भएका छन ।
ताप्लेजुङबाट झापा तर्फ जादै गरेको को १ च ९३३५ नम्बरको सुमो गाडिको ब्रेक फेल भई बाँया पट्टिको नालिमा पर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा काठमाण्डौ महानगरपलिका १० बस्ने वर्ष ४७ की सारदा घिमिरे बाँया हात र टाउकोमा चोट लागेको छ । त्यस्तै सोही स्थानका वर्ष ४५ की पेनिसा पराजुलीको टाउको र हातममा चोट लागेको छ । काठमाण्डौ महानगरपलिका ३ बस्ने वर्ष २५ को ईश्वर कुमार कार्कीको टाउकोमा चोट लागेको काठमाण्डौ महानगरपलिका ९ बस्ने वर्ष ५२ को नवराज कोइरालाको टाउकोमा चोट लागेको र मोरङ विराटनगर महानगरपलिका ४ बस्ने वर्ष चुनु पराजुलीको छोरी वर्ष १० की सम्पदा पराजुलीको नाकमा चोट लागेको छ । घाइते पाँचै जनालाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएको छ ।
गाडि चालक मोरङ जिल्ला रतुवामाई गाँउपालिका १० बस्ने वर्ष ५५ को कृष्ण ब. कार्की र गाडि प्रहरी चौकी किटेनिको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।