बर्षा पछि खुलेको कन्याम (फोटो फिचर)

  • 41
    Shares
बर्षा पछि खुलेको कन्याम (फोटो फिचर)

टेकराज गिरी,कन्याम:
पर्यटक आवागमनको मुख्य सिजनमा बर्षा भएपछि कन्यामको थप ुन्दर बनेको छ । धुलाम्मे देखिने कन्याम बिहिबार बर्षा भएपछि हरीयाली बनेको छ ।
बर्षा पछि तुवालो समेत हटेपछि हिमालको दृश्य समेत देखिएको छ । पर्यटकले भरीभराउ हुँने कन्याममा पर्यटकहरु चिया बगान घुम्न, चिया बगानमा तस्विर खिचाउन ,घोडचढी गर्न , बिभिन्न जातजातीको पोषाकमा सजिएर तस्विर खिचाउन र हिमाली दृश्यावलोकनका लागि आउने गरेका छन । बिहीबार बर्षा भएपछि कन्याम, अन्तु , सन्दकपुर लगायतका मुख्य पर्यटकीय स्थलमा पर्यटकको भिड्मभाड रहेको छ ।कन्याममा बिहिबार कलाकार दिपाश्री निरौला लगायतको टोली समेत आएको थियो ।