समयमा उपचार नपाउँदा इलाममा एक महिलाको अकालमा ज्यान गयो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

समयमा उपचार नपाउँदा इलाममा एक महिलाको अकालमा ज्यान गएको छ । देउमाई नगरपालिका ६ शान्तिडाँडा स्थायी ठेगाना भई हाल इलामनगरपालिका ७ मा बसोबास गर्दै आउनु भएकि ३७ बर्षिया कमला सुबेदीको मृत्यु भएको हो ।
अकास्मात पेट दुखेपछि उपचारका लागि उनलाई बिहीबार बेलुका आठ बजे इलाम अस्पतालमा भर्ना गरीएको थियो । अस्पतालमा ल्याएपछि चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए । उनको रगत परिक्षण गर्दा रगतमा समस्या देखिएको अस्पतालले जनाएको छ । बिरामिको स्वास्थ्यमा सुधार नभई झन् बिरामले च्यापेपछि शुक्रबार बिहान ३ बजे अस्पतालले रेफर गरेको थियो ।
इलाम अस्पतालबाट रेफर भएपछि बिरामीका आफन्तले उनलाई झापाको बिर्तासिटि पुरयाएको थिए । तर उनको अस्पतालमा उपचार सुरु नभई शुक्रबार बिहान ६ बजे निधन भएको मृतकका आफन्तले बताए । सुबेदीको मृत्यु भएपछि इलाम अस्पतालले समयमै रेफर नगरेको कारण उनको मृत्यु भएको मृतकका काकी आमा यसोदा सुबेदीले आरोप लगाउनुभयो ।
इलाम अस्पतालमा मृतकका आफन्तलले बिरामीको भिडियो एक्सरे गरीदिन आग्रह गर्दा समेत रातको समयमा भिडियो एक्सरे सेवा सञ्चालन गर्न नसकिने बताएको थियो । यदि अस्पतालले भिडियो एक्सरे गरेर चाँडो रेफर गरेको भएको बिरामीको ज्यान बच्ने आफन्तको भनाई छ । यता इलाम अस्पताल प्रशासन शाखाका प्रमुख कुलबहादुर देवानले दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा रातको समयमा भिडीयो एक्सरे सेवा सञ्चालन गर्न नसकिएको बताउनु भयो ।
कुनैपनि बिरामीको तत्कालै अवस्था हेरेर मात्र रेफर गर्न सकिन्छ । तर बिरामी सुबेदीको अवस्था अस्पतालमा ल्याउँदा सामान्य भएकाले अस्पतालले तत्काल रेफर नगरेको अस्पतालका डाक्टर भिम चौहानले बताउनुभयो । यता इलाम अस्पताललमा दरबन्दि अनुसारको स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रबाहमा बर्षौदेखि समस्या रहेको छ । अस्पताल प्रशासन शाखाका अनुसार १३ जना बिशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि एकजना मात्र दरबन्दीको बिशेषज्ञ (स्त्रीरोग) डाक्टर रहेका छन् । अस्पतालमा हाल छात्रबृत्तिमा करारका चारजना चिकित्सक रहेका छन् । अस्पतालमा डाक्टर र कर्मचारी गरेर ५९ जनाको स्थायी दरबन्दी भएपनि हाल २७ जनामात्र कार्यरत रहेका छन् । ५० शैया क्षमताको इलाम अस्पतालमा भौतिक संरचना भएपनि डाक्टरको अभावमा इलामे नागरीकहरु उचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.