स्थानीय पाठ्यक्रम निर्माण गर्दै रोङ गाँउपालिका

स्थानीय पाठ्यक्रम निर्माण गर्दै रोङ गाँउपालिका

इलाम : इलामको रोङ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आधारभूत तह ९कक्षा १(८० मा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । त्यसका लागि गाउँपालिकाले पाठ्यक्रम निर्माणको काम थालेको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा पाठ्यक्रम निर्माणको काम थालेको हो ।

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष समशेर राईले बताए । उनका अनुसार पाठ्यक्रममा वनजंगल, जडिबुटी, कृषि, जातिगत र भाषिक विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचानसमेतलाई समेटिने छ ।

यसवर्ष आधारभूत तहको पाठ्यक्रम निर्माण गरेर ३ वटा कक्षाको पाठ्यपुस्तक समेत निर्माण गरि लागू गर्ने गाउँपालिका अध्यक्ष राईले बताए । ‘अहिले पाठ्यक्रम निर्माणको काम सुरु भइसकेको छ । चाँडै सकेर यसै वर्ष कक्षा १, ४ र ६ को पाठ्यपुस्तक समेत निर्माण गरेर लागू गर्नेछौं’ अध्यक्ष राईले भने, ‘बजेट र समय अभावका कारण सबै कक्षाको पाठ्यपुस्तक निर्माण गर्न नसकिने भयो । अन्य कक्षाको समेत पाठ्यपुस्तक आगामी वर्षमा निर्माण गरेर लागू गरिनेछ ।’ अन्य स्थानीय तहका लागि पनि सन्दर्भ स्रोत बन्नसक्ने गरि स्थानीय पाठ्यक्रम निर्माण गरिने अध्यक्ष राईले बताए ।

पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि पाठ्यक्रम विज्ञ हरिचन्द्र लावतीलाई विज्ञको रुपमा काम गर्नेछन् । यसैबीच शनिबार पाठ्यक्रम विज्ञ र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय पाठ्यक्रम निर्माण समिति रोङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले स्थानीय विशेषतालाई समावेश गरि पाठ्यक्रम निर्माण गर्न विज्ञलाई सुझाव दिए ।

सरोकारवालाहरुले नैतिक शिक्षा, व्यवसायिक सीप, कृषि, पर्यटन, वन, वातावरण, योग, खेलकुद, स्थानीय भाषा, धर्म, संस्कृतिको प्रवद्र्धन, स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना, स्थानीय सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचानसमेतलाई आदिलाई पाठ्यक्रममा समेट्न सझाव दिएका थिए ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण समिति रोङ गाउँपालिका, विभिन्न प्रधानाध्यापक एवम् शिक्षक र अभिभावक, राजनीति दलका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, युवा, महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, पर्यटनव्यवसायी, जनप्रतिनिधिलगायतको सहभागिता थियो । सरोकारवालाको सुझावका आधारमा विषयलाई प्राथमिकता दिएर पाठ्यक्रम निर्माण गरिने पाठ्यक्रम विज्ञ लावतीले प्रतिवद्धता जनाए ।

स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्थानीय पाठ्यक्रम निर्माण समितिकी सदस्य सचिव रोङ गाउँपालिकाकी शिक्षा शाखा प्रमुख श्रुतीकुमारी तामाङले संचालन गरेकी थिइन् । कार्यक्रममा ४४ जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

विज्ञले सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्दै पाठ्यक्रमको मस्यौदा लेखनको काम सम्पन्न गर्नेछन् । पाठ्यक्रम विज्ञले तयार पारेको पाठ्यक्रमको ड्राफ्टलाई पुनः सरोकारवाला माझ सार्वजनिक गरेर थप सुझावका आधारमा अनुमोदन प्रक्रियामा लगिनेछ । स्थानीय पाठ्यक्रम तयार पारि सोही आधारमा कक्षा १, ४ र ६ को पाठ्यपुस्तक समेत निर्माण गरि गाउँपालिकामा बुझाइनेछ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भइरहेको स्थानीय पाठ्यक्रमले रोङ गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । रोङ गाउँपालिकामा यसअघि लेप्चा भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरि लागू समेत भइसकेक छ ।
के हो स्थानीय पाठ्यक्रम रु
सामान्यतयः स्थानीय स्तरका विषयवस्तहरू समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिने शैक्षणिक सामग्री नै स्थानीय पाठ्यक्रम हो । यसले स्थानीय क्षेत्रका प्राथमिकतामा रहेका विषयवस्तुहरूलाई समेट्छ र तिनीहरूलाई विद्यालयको नियमित कार्यक्रम अनरूप कक्षाकोठासम्म पुर्याउने अपेक्षा गरिन्छ ।

यस पाठ्यक्रममा विशेषशतः स्थानीय स्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा, व्यवसाय विपद् व्यवस्थापन लगायतका विषय वस्तु समेटिन्छन् । जसलाई स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका २०६४ ले निर्दिष्ट गरेको छ ।

नेपाल आफ्नै विशिष्टता र विविधताले भरिपूर्ण भएको मुलुक हो । जहाँ भौगोलिक, धार्मिक एवम् सांस्कृतिक, जातीय, भाषिक विविधता देशका प्रमुख विशेषता हुन् । यसैले विद्यालय तहमा केन्द्रबाट तयार गरी लागू गरिएको पाठ्यक्रमले मात्र विद्यार्थीहरूलाई आवश्यक ज्ञान, सीप र व्यवहारका सम्पूर्ण सक्षमताहरू प्रदान गर्न सक्तैन भन्ने यथार्थलाई मध्यनजर गरी स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।

यसलाई प्राथमिक शिक्षा पाठ्यक्रम २०६२र२०६५, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३, स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका २०६४ ले समेत प्रष्ट पारेको छ । यसै सन्दर्भमा स्थानीय पाठ्यक्रम प्रारूप, २०७१ समेत प्रकाशन भई कार्यान्वयनमा आइसकेको परिप्रेक्षमा यसको औचित्य प्रमाणित भएको छ ।

त्यसैगरी नेपालको संविधान २०७२ ले समेत माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनमा स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिसकेकाले पनि स्थानीय तहको अगवाईमा स्थानीय पाठ्यक्रमको निर्माण गरी कार्यान्वयन गर्नु आजको आवश्यकता समेत हो ।

हाम्रो देशमा परिमार्जित प्राथमिक शिक्षा पाठ्यक्रम, २०६२ ९कक्षा १र३० २०६५ ९कक्षा ४र५० का अनुसार कक्षा १र५ मा सामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको ८०५ पाठ्यक्रम केन्द्रले र २०५ पाठ्यक्रम स्थानीय तहबाट निर्माण गर्ने प्रावधान छ र सोही अनरूप धेरैजसो विद्यालयमा कार्यान्वयन हुँदै आएको छ । त्यसैगरी साप्ताहिक ४ पाठ्यभार ९ वार्षिक १२८ घण्टी० रहेको १०० पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने दायित्व पनि स्थानीय तहलाई दिइएको छ ।
आधारभूत शिक्षा ९कक्षा ६र८० पाठ्यक्रम २०६० का अनुसार कक्षा ६र८ मा समेत जम्मा ८०० पूर्णाङ्क मध्ये स्थानीय विषय वा संस्कृत वा अन्य विषयको ५ पाठ्यभार र १०० पूर्णाङ्क कायम गरी १७५ बार्षिक घण्टी दिइएको छ । यस आधारमा पनि कक्षा ६र८ को पनि स्थानीय आवश्यकता अनुसार स्थानीय पाठ्यक्रम बनाउने प्रावधान रहेको छ