मोटरसाईकल चोरी गर्ने इलाम प्रहरीको नियन्त्रणमा

मोटरसाईकल चोरी गर्ने इलाम प्रहरीको नियन्त्रणमा

इलाम : मोटरसाईकल चोरी गरी गाउँमा लैजानेहरुलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउँ गरेको छ । जिल्लाको विभिन्न ग्रामिण भेगहरुबाट चोरीका मोटरसाईकलहरु प्रहरीले पक्राउ गरेको हो ।
तराईको विभिन्न जिल्लाबाट चोरी गरी इलामको ग्रामिण भेगहरुमा चलाई रहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । २०७८ बैशाखमा मात्र प्रहरीले ७ वटा चोरीका मोटरसाईकलहरु सहित चोरी गर्ने ब्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यालय इलामले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका ४ घर भई हाल जिल्ला झापा दमक नगरपालिका ५ हरीओम कोलिनि टोल बस्ने हसाङ मगर र जिल्ला ताप्लेजुङ त्रिबेणी गाँउपालिका २ घर भई जिल्ला झापा दमक नगरपालिका ५ हरीओम कोलिनि टोल बस्ने आकाश लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सूवेदीले जानकारी दिए । सुवेदीका अनुसार गत १२ गते माई नगरपालिका ४ सुखानीबाट प्रहरीले मोटरसाईकल सहित पक्राउ गरेको बताए । पक्राउ परेका व्याक्तिलाई थप अनुसन्धान गरीरहेको प्रहरीको भनाईछ ।
त्यस्तै गरी गत ३ महिनामा २० वटा चोरीका मोटरसाईकलहरु पक्राउ गरेको थियो । पक्राउ गरीएका २० वटा मोटरसाईकलहरु मध्ये ११ वटा आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापा पठाईएको छ भने ५ वटा आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पशुपतिनगर इलाम बुझाईएको सुवेदीले बताए । त्यस्तै गरी २ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा दिईएको छ भने २ वटा जिल्ला प्रहरी कार्यालय इलाम राखी अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।