इलाममा साप्ताहिक हाटबजार सहित शैक्षिक गतिविधि बन्द

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: कोरोना संक्रमणको दोस्रो लहर फैलदै जादा जोखीम समेत बढेपछि इलाम जिल्लाका हाटबजार बन्द गरिएको छ भने बिद्यालयको पठन पाठन र परीक्षा समेत स्थगित गरिएको छ ।
कोरोनाको त्रास बढ्न थालेपछि कोबिड १९ संकट व्यवस्थापन केन्द्र इलामको बैठकले हाटबजार सहित पठन पाठन र परीक्षा स्थगित गर्न अनुरोध गरे संगै स्थानीय पालिकाहरुले बजार र शैक्षिक गतिबिधि बन्द गर्ने निर्णय गरेका हुँन ।
इलामको सूर्योदय नगरपालिकाले साप्ताहिक बजार बन्द गर्ने निर्णय गरेको छ । नगरले परीक्षा र पठनपाठन समेत बन्द गर्ने भएको छ । यस्तै इलाम र देउमाई नगरपालिकाले साप्ताहिक हाटबजार सहित शैक्षिक गतिविधि तत्कालका लागि बन्द गर्ने निर्णय गरेका छन ।
यस्तै रोङ गाउँपालिकाले बिद्यालयको पठन पाठन परीक्षा बजार र धार्मीक क्षेत्र पाथीभरा मन्दिर समेत तत्कालका लागि बन्द गरेको छ । यस्तै माईजोगमाई गाउँपालिकाले समेत साप्तहिक हाट र शिक्षण संस्था बन्द गर्ने भएको छ । अन्य पालिकाले समेत हाटबजार सहित भिडभाड हुने स्थान बन्द गर्ने जनाएका छन ।

Leave a Reply

Your email address will not be published.