नयाँबजारमा बालागुरु विद्यापिठको भवन उद्धघाटन

  • 2
    Shares
नयाँबजारमा बालागुरु विद्यापिठको भवन उद्धघाटन

नयाँबजार:  इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको बालागुरु संस्कृत विद्यापिठको २ कोठे भवन उद्धघाटन गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाको १६ लाख र गाउँपालिकाको ५ लाखको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

भवनको आज एक समारोहका बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष राईले शिक्षालाई गाउँपालिकाको उच्च प्राथमिकतामा राख्दै योजनाहरु बनाइएको बताए । त्यसैगरी गाउँपालिकाको २७ हजार आर्थिक सहयोगमा प्रविधिमा विद्यार्थीहरुको पहुँचका लागि इन्टरनेट समेत जोडिएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए ।