इलाममा थप १० जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ४०

  • 3
    Shares
इलाममा थप १० जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ४०

इलाम: इलाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय इलामका अनुसार आज रोङ गाउँपालिकामा ९ र इलाम नगरपालिकामा एक जनामा पुष्टि भएको हो ।

थप एक जनाको मृत्यु भएको छ । हाल जम्मा संक्रमितको संख्या ४० पुगेको छ भने मृतकको संख्या दुई पुगेको छ । इलाममा हाल सम्म ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कोरोना संक्रमण पोजेटिभ देखिएका चुलाचुली गाउँपालिका–१ का ८८ वर्षीय एक वृद्ध र चुलाचुली–५ की ८४ वर्षीया एक वृद्धाको भने मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार इलाममा १४ संक्रमित थपिएका थिए ।