कोभिड १९ को जोखिमबाट बच्न फिक्कलमा युवा क्लबको सचेतना कार्यक्रम

  • 564
    Shares
कोभिड १९ को जोखिमबाट बच्न फिक्कलमा युवा क्लबको सचेतना कार्यक्रम

फिक्कल: कोभिड १९ को जोखिमबाट बच्नका लागि इलामको सूर्योदय नगरपालिका ९ को युवा क्लबले फिक्कल बजारमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
क्लबले चोकमा सचेतना मुलक सन्देश सहित माक्स समेत वितरण गरेको हो । वालबालिकले माईकिङ गर्दै कोभिड संग डराउने भन्दा पनि सचेत रहन आग्रह गरेको छ ।
क्बलले फिक्कल चोकमा कार्यक्रम गर्दै सामाजिक दुरी कायम गर्न , अनिवार्य माक्स लगाउन , आग्रह गरेको छ । क्लबले कोभिडको जोखीम बढ्दै जादा बजारमा कालो बजारी मौलाएको भन्दै सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरेको छ ।
क्लबका अध्यक्ष अमित राईको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा सामाजिक दुरी कायम गर्दे बजार क्षेत्रमा सचेतना मुलक सन्देश सहित माइकिङ गरिएको छ । अध्यक्ष राईले सानातिना गल्ती गर्नदा कोरोनाबाट बच्न सकिने भन्दै सबैलाई सचेत रहन आग्रह गर्नु भयो ।
यस्तै क्लबका सचिब बिकास लेप्चाले सचेतना अपनाएर हिडडुल गर्न आग्रह गर्दै सरकारले तोकेका मापदण्डको पालना गर्न आग्रह गर्नु भयो । सचेतना कार्यक्रममा क्लबमा आवद्ध बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यसै बिच प्याब्सन सूर्योदयन गर कमीटिले समेत फिक्क्ल चोकमा माक्स बितरण गरेको छ । प्याब्सनले माक्स नलगाई हिड्ने ब्यक्तिलाई सम्झाउदै माक्स बितरण गरेको हो ।