रोङ गाउँपालिकामा उच्च सतर्कता

  • 11
    Shares
रोङ गाउँपालिकामा उच्च सतर्कता

गोबिन्द पौडेल:
१२ जना स्थानिय नागरिकहरुमा कोरोना सक्रमण देखिएपछि ईलामको रोङ गाउँपालिकामा उच्च सतर्कता अपनाईएको छ ।
ईलामको प्रबेसद्वार र भारतसँगको सिमावर्ती भएको कारण निक्कै सबेदनशिल क्षेत्र मानिएको वडा न ४ को मानाबुङमा ११ र वडा न ६ को खारखोलामा १ जनामा कोरोना देखिएपछि उक्त स्थानहरुमा आवागमन बन्द गरि स्थानिय प्रसासन जनप्रतिनिधिहरुले कडा निगरानी गरि भिडभाड हुने स्थलहरु हर्कटे,जोरकलस र कुटिडाँडामा सुरक्षा घेरा बनाईएको छ । धार्मिक स्थल पाथिभरा,वडा न ४ को वडा कार्यलय भेला र समारोह अनि बिद्यालयको परिक्षाहरुपनि बन्द गरि सो कार्य ब्यावस्थापनको लागि जिल्ला प्रसासन कार्यलय ईलाम र जिल्ला प्रहरी कार्यलय ईलाम समक्ष अनुरोध गरिएको गाउँपालिका अध्यक्ष शमसेर राईले बताए ।
राजधानी र अन्य बिभिन्न स्थानबाट घर फर्केकाहरुलाई १४ दिनसम्म होम क्वारेनटाईनमा रहन आग्रह गरिएको र सो कार्यको अनुगमनको लागि प्रसासन,जनप्रतिनिधिहरु र स्थानिय संघ संस्थाहरुलाई जिम्बेवारी दिएको बताउदै आम नागरिकहरलाई सुरक्षा सतर्कता अपनाउदै सचेत नागरिकको जिमेवारी बहन गर्न गाउँपालिका अध्यक्ष राईले आग्रह गर्नु भएको छ ।पालिका भित्रको हाटबजार ,भेला सभा ,पर्व र उत्सवहरु नगर्न र सास्कृतिक कार्यहरु बिबाह लगायतमा स्वास्थ्य सतर्कता अपनाउदै भिडभाड नगरिदिन समेत गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।
वडा न ४ बाट प्रवाह गरिने अत्यावसेक सेवाहरु गाउँपालिकाको मुख्यालयबाट प्रवाह गरिने भएको छ ।वडा नम्बर ४ एक नागरिक बिरामी भएर अस्पतालमा भर्ना भएपछि सक्रमण देखिएपछि १३ जनाको परिक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।