इलामको माई नगरपालिकामा पिसिआर गरेका ९० प्रतिशतमा कोरोना पोजेटिभ

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम : इलामको माई नगरपालिकामा पिसिआर गरेका ९० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । गत २१ र २३ गते गरिएको १६ जनाको पिसिआर परिक्षणमा शनिवार १३ जनाको पोजेटिभ रिपोर्ट आएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।
कोरोना पोजेटिभ भई संक्रमित हुनेमा माई २ का ८, १४, २८ र २९ माई ३ का २८ र २९, माई ५ का ३४ र ७६ र माई ९ का २२ बर्षका पुरुष रहेका छन। त्यस्तै ४ जना महिला पनि संक्रमित भएका छन। संक्रमित हुनेमा माई २ का २८ र ३४ बर्ष, माई ५ का ७३ बर्ष र माई ७ का ३४ बर्षका रहेका छन । यस अघि माई १, ३, ४ र ६ का ४ जना पुरुष संक्रमित भई होमआईसोलेशनमा रहेको प्रमुख कट्टेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.