इलामको पशुपतिनगरमा १० बेडको कोभिड अस्थायी अस्पताल निर्माण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: कोरोनाको दोस्रो लहरका कारण जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी इलामको सीमावर्ती क्षेत्र पशुपतिनगरमा १० बेडको कोभिड अस्थायी अस्पताल निर्माण गरिएको छ ।
पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सूर्योदय नगरपालिकाले १० बेडको अक्सिजन सहितको कोभिड १९ अस्थायी अस्पताल निर्माण गरेको हो । उक्त अस्पतालमा कोभिडका बिरामीको उपचार गरिने छ भने हाईफ्लो अक्सिजन उपलव्द गराउदा पनि अक्सिजन स्याचुरेशन सामान्य नआए अन्यत्र रिफर गरिने नगरपालिकाले जनाएको छ ।
उक्त अस्थाइृ अस्पतालमा भेन्टीलेटर, आईसीयु , एचडीयू जस्ता सुविधा भने उपलव्ध गराउईने छैन।
उक्त अस्थायी अस्पतालमा सानभी इनर्जी प्रा.लि. द्धारा संचालित जोगमाई हाईड्रो पावरले चार वटा ठूला अक्सिजन सिलिण्डर उपलव्ध गराएको छ भने नगरपालिकाले पनि केहि अक्सिजन सिलिण्डरको व्यवस्था गरेको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भएको छ ।उक्त क्षेत्रमा हेल्प डेक्स समेत निर्माण गरिएको छ । सीमा क्षेत्रमा नगरले उच्च सुरक्षा अपनाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.