इलामको माईजोगमाईमा अक्सिजन सहित ५ बेडको कोभिड अस्पताल संचालन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको माईजोगमाई गाउाँपालिकाको नयाँबजारमा आज कोभिड अस्पतालको उद्घाटन भएको छ । माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईको अध्यक्षतामा उक्त अस्पतालको उद्घाटन गरिएको हो ।
हाल नेपाल भरी नै कोभिडको संक्रमण बढ्दो रूपमा रहेको अवस्थामा कोरोना कोरोना संक्रमितलाई उपचारको लागि बाहिर जानू नपरोस भनेर अस्पतालको स्थापना गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिनु भयो ।
५ बेड क्षमताको अस्पतालमा अक्शिजन सहितको सुविधा भएको माईजोगमाई गाउँपालिका स्वस्थ्य शाखा प्रमुख राम शंकर देवले जानकारी दिनु भयो ।
आज नै गाउँपालिकालाई शानभी इनर्जी प्रा.लि.द्धारा संचालित जोगमाई हाइड्रो पावरले ३ बटा अक्सिजन सहितको सिलिल्डर समेत उपलब्ध गराएको छ । हाइड्राका संचालक पाल्देन कार्जीले ती सिलिण्डर उपलब्ध गराउनु भएको छ ।
माईजोगमाई गाउँपालिकाले यस अघि नै १५ वटा अक्शिजन सिलिन्डर समेत खरिद गरि सकेको जनाएको छ ।
माईजोगमाई गाउँपालिकामा हाल निशेधआज्ञा जारी रहेको छ । गाउँपालिकाको केन्द्र नयाँबजार शुनसान रहेको छ । गाउँपालिकाले बाहिरबाट आउनेलाई कडाई समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.