इलाममा कोरोना संक्रमित कैदीको मृत्यु , मृतकको संख्या ७ पुग्यो

  • 32
    Shares
इलाममा कोरोना संक्रमित कैदीको मृत्यु , मृतकको संख्या ७ पुग्यो

इलाम: इलाममा कोरोना संक्रमित एक जना कैदीबन्दिको आज मृत्यु भएको छ । देउमाई नगरपालिका–६ का ३५ बर्षिय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले जानकारी दिनु भयो ।
फोकल पर्सन बरालका अनुसार जेल सार्नका लागि झापा लैजाने क्रममा मेची अस्पतालमा परीक्षण गर्दा बैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो । पेटको समस्या रहेका उनको इलाम अस्पतालमा मृत्यु भएको छ । शबलाई नेपाली सेनाले व्यवस्थापन गर्ने जनाईएको छ । यो संगै इलाममा कोभिडका कारण ७ जनाको मृत्यु भैसकेको छ । यस अघि ६ जनाको मृत्यु भएको थियो ।
इलाममा आज १३ जना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या २ सय ९ पुगेको छ ।