इलामका जिसस प्रमुख बराललाई कोरोना संक्रमण

इलामका जिसस प्रमुख बराललाई कोरोना संक्रमण

फिक्कल: जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराललाई कोरोना सङक्रमण पुष्टि भएको छ । केहीदिन यता स्वास्थ्यमा समस्या देखिएपछि बरालको एन्टिजेन्ट परीक्षण गरिएको र परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको उहाले सामाजिक संजाल मार्फत सार्वजनिक गर्नु भएको हो ।

एन्टिजेन्टको रिर्पोट पोजेटिभ आएपछि बराल आफ्नै घरमा बसिरहेका रहनु भएको छ । उहाको पीसीआर गरी स्वाब परीक्षणका लागि पठाइएको छ ।

यसैबिच इलाममा आज थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमध्ये सूर्योदय नगरपालिकामा दुई, रोङ गाउँपालिकामा तीन, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।