सूर्योदयमा १५ सहित आज एकै दिन इलाममा २७ जना संक्रमित थपिए

सूर्योदयमा १५ सहित आज एकै दिन इलाममा २७ जना संक्रमित थपिए

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा १५ सहित आज एकै दिन इलाममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सूर्योदयमा १५ , चुलाचुली गाउँपालिकामा ६ , इलाम नगरपालिका ४ र माई नगरपालिका २ मा कोरोना पुष्टि भएको हो ।
यो संगै इलाममा संक्रमितको संख्या २ सय ४२ पुगेको छ । इलामका संक्रमित मध्ये १ सय ९१ ज्ना होम आईसोलेसनमा, २२ जनाको सामान्य उपचार र ६ जना आईसीयुमा रहेका छन् ।
सूर्योदय नगरपालिकामा पीसीआर परीक्षण गर्न थालेपछि संक्रमितको संख्या बढन थालेको छ । नगर क्षेत्रमा हाल सम्म २९ जना संक्रमित रहेका छन । सबै भन्दा बढी इलाम नगरपालिकामा १ सय २२ जना संक्रमित छन ।
सन्दकपुर गाउँपालिका हाल सम्म संक्रमित फेला नपरेको गाउँपालिकामा पर्दछ ।