इलाममा आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

इलाममा आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

इलाम: कोरोना भाइरसको संक्रमणबाट इलाममा आज एकैदिन तीनजनको मृत्यु भएको छ । इलामनगरपालिका, सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिकामा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । मृतक तीनै जना पुरुष रहेका छन् ।

कार्यालयका अनुसार इलामनगरपालिका ७ का ५९ बर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो । यस्तै सूर्योदय नगरपालिकावडा नम्बर २ का ३९ बर्षिय र चुलाचुली गाउँपालिका वडा नम्बर २ का ८६ बर्षका १÷१ जना पुरुषको कोरोना संक्रमणबाटै आज मृत्यु भएको छ । यो सँगै इलाममा कारोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा इलाम नगरपालिकाका ४ जना, चुलाचुली गाउँपालिकाका ३ जना, माइजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र सूर्योदय नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको छ ।

यता आज जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा सबैभन्दा बढी सूर्योदय नगरपालिकामा १६ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय इलामका अनुसार इलामनगरपालिकामा ५ जना, माईनगरपालिकामा २ जना, चुलाचुली गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या २ सय ४४ पुगेको छ । ।