इलामको माईजोगमाईमा आज १० जना संक्रमित थपिए

  • 130
    Shares
इलामको माईजोगमाईमा आज १० जना संक्रमित थपिए

फिक्क्ल: इलामको माईजोगमाई गाउँपालिकामा आज १० जना कोरोना संक्रमित थपिएका छन । केहि दिन अघि स्वाब संकलन गरी बिराटनगर पठाईएकोमा आज १० जनाको पोजेटिभ रिर्पोट आएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम शंकर देवका अनुसार नामासालिङमा ३ जना, सोयाङमा १ जना , प्याङमा २ जना र नयाँबजारमा ४ जनामा संक्रमण देखिएको छ । यो संगै माईजोगमाईमा संक्रमितको संख्या १६ जना पुगेको छ । स्वास्थ्य शाखा प्रमुख देवले संक्रमित बढे संगै परीक्षण बढाउनु पर्ने र बजार क्षेत्रमा थप कडाई गर्नु पर्ने बताउनु भयो । गाउँपालिकामा हाल सम्म १ जनाको मृत्यु भएको छ ।