१० थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री इलाम भित्रियो

१० थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री इलाम भित्रियो

गगन घिमिरे, जोरकलश:
इलाम जिल्लाभर कोरोना संक्रमणको जोखिम बढीरहेका बेला आवश्यक स्वास्थ्य सामग्री इलाम भित्रीएको छ । १ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानामगर आवश्यक स्वास्थ्य सामग्री लिएर जिल्ला आउनु भएको हो । १० थान अक्सिजन सिलिन्डर सहित २०० थान पीपीइ सेट र अन्य आवश्यक स्वास्थ सामाग्री जिल्ला भित्रिएको मन्त्री रानाले जानकारी दिनु भएको छ ।

अक्सिजन सिलिन्डर खाडिका नेपालीले सरकारलाई पठाएका मध्ये १० थान इलाम अस्पतालका लागि आएको हो । माक्स लगायतका अति आवश्यक स्वास्थ्य सामग्री भोली इलाम आईपुग्ने मन्त्री रानाले जानकारी दिनु भएको छ ।

खाडिका नेपालीले सरकारलाई पठाएको मध्ये १० थान अक्सिजन सिलिण्डर इलाम ल्याईएको हो ।