वडाध्यक्ष नरेश श्रेष्ठद्धारा इलाम अस्पताललाई १० लाख दिने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले कोरोना संक्रमितको उपचारलाई सहज बनाउनका लागि इलाम अस्पताललाई आफ्नो वडाको तर्फबाट १० लाख रुपैयाँ दिने निर्णय गरेका छन् ।

इलाम अस्पतालमा उपचार प्रभावकारी बन्न नसकिरहेको बेला वडाध्यक्ष श्रेष्ठले उपचारमा सहज बनाउनका लागि उक्त रकम दिने निर्णय गरेका हुँन । वडाको उक्त निर्णयलाई इलामबासीले स्वागतयोग्य कदम भनेका छन् ।

महामारीका कारण योजनाको काम गर्न समस्या भएको र यतिबेला योजनाभन्दा महामारी नियन्त्रण र विरामीको उपचारलाई प्राथमिकता दिनुपर्ने भएकाले अस्पताललाई रकम दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले सबै मिलेर जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउन लाग्नु पर्ने बताएका छन् ।

अध्यक्ष श्रेष्ठले सबै वडाले १०–१० लाख रकम विनियोजन गर्ने हो भने अक्सिजन प्लान्टनै राख्न सकिने बताएका छन् ।अस्पतालको स्रोत साधन जुटाउनका लागि देश विदेशका साथीभाईसँग पनि सरसहयोग माग्ने काम गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.