सूर्योदयका सरोज गदाललाई घर फर्काउने अभियान सुरु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य इलामका सरोज गदाललाई घर फर्काउने अभियान सुरु गरिएको छ । सूर्योदय नगरपालिका वडा नम्बर ९ घर भएका गदाललाई सूर्योदय सहित इलामका युवाहरुको पहलमा घर फर्काउनको लागि पहल सुरुभएको संचारकर्मी दिनेश महतले जानकारी दिए । उनी कोरोना संक्रमित भएर झापाको बिर्तासिटी अस्पतालमा उपचार पश्चात निको भईसकेका भएपनी उपचार बापत लागेको खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य रहेका छन ।

गत बैशाख २५ गते अस्पताल भर्ना भएका उनलार्इ ५ दिन अघि अस्पतालले डिस्चार्ज दिएको तर उपचारमा लागेको पैसा बुझाउन नसक्दा अस्पतालमै बस्न बाध्य भएका हुन । घरको आर्थिक अवस्था कमजोर रहेका कारण उपचार पश्चात पनि घर फर्कन पाएका छैनन ।

यता अस्पताल प्रशासनका प्रमुख दिल बस्नेतका अनुसार बिरामीले अस्पताललाई करिब ९४ हजार र फार्मेसीलाई ५३ हजार रुपैंयाँ भुक्तानी गर्न बाँकी रहेको जनएका छन । उनले बिरामीको आर्थिक अवस्था कमजोर रहेका कारण केहि छुट गर्न सकिने बताएको संचारकर्मी महतले जानकारी दिए ।

यस्तै बिरामीको आर्थिक अवस्था कमजोर रहेकै कारण पैसा जम्मा गर्न समस्या भए पछी रेडियो बुद्धबाणी एफ।एम फिक्कलका संचालक दिनेश महतको सम्योजकमा अभियान्ताहरु दुर्गा सुबेदी , प्रदिप खड्का , कुशुम दाहाल , धनहाङ लिम्बु र सुमन लिम्बुले रकम जुटाउने अभियानमा लागेका छन । सरोजले उपचार बापत अस्पातललाई तिर्नुपर्ने रकम सन्कलन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published.