सडकका पशुपंक्षी, गरिब र असहायका सारथीहरु (भिडियो सहित)

  • 153
    Shares
सडकका पशुपंक्षी, गरिब र असहायका सारथीहरु  (भिडियो सहित)

महेश आचार्य, काठमाडौ:

सरकारले खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गर्दैगर्दाको समय छ । पसल, होटेल, रेस्टुरेन्ट लगायत सबै कुरा बन्द छ । अरु त अरु फोहर संकलन केन्द्रमा अरुबेलाझै थुप्रीने फोहर समेत छैन । सवारीसाधनलाई बिशेष पास बिना हिड्न नमिल्ने अवस्था छ ।

यस्तै अवस्थामा पिपिई र स्वयंसेवाका ज्याकेट लगाएका एक हुल युवाहरु काठमाडौको पेप्सीकोला क्षेत्रमा भेटिन्छन। उनिहरु जब बाटो छेउ रोकिन्छन तब आसपासका सबै सडक कुकुरहरु यो युवा जमातहरुलाई घेर्न आईपुगिहाल्छन । जब यी मनकारी युवाहरुले खानाले भरीएका बाल्टिहरु बाइक र स्कुटरबाट झिकेर हात हातमा लिन्छन तब ति सबै कुकुरहरु पछि-पछि लाग्छन । डराउने कुकुरहरु चाहिँ अलि परै बस्ने रहेछन ।

यो कुनै चलचित्रको दृश्य भने होइन । यस्तो सुन्दर काम गर्ने उनिहरु हुन हरेक बिषम परिस्थितिमा सडकमा भएका पशुपन्क्षीहरुलाई खाना र दाना खुवाउने अनि आपतमा परेका जो कोहिलाई राहत बाड्ने परोपकारी सस्था `हाम्रो सानो प्रयास का स्वयंसेवकहरु । उनिहरु कहिले पशुपति र स्वयम्भूका बादरलाई खाना खुवाउदै हुन्छन त कहिले बसन्तपुरमा परेवालाई चारो ।

आफ्नै लगानी र मनकारीहरुको सहयोगमा यस्तो राम्रो काम गरीरहेका यी युवहरुलाई उनिहरुको यो महान काम मा साथ दिन यो सस्थाका रास्ट्रीय संयोजक पुकार बमलाई 9851166437 Call/Sms/WhatsApp/Viber मा सम्पर्क गर्न सकिन्छ भने बैंक मार्फत सहयोग गर्नको लागी PUKAR BAM, Nabil bank limited New baneshwor branch, A/C No- 3110017508140 saving account मा रकम जम्मा गर्न सकिन्छ । त्यस्तै गरी सस्थाका भक्तपुर संयोजक अबिन कार्की लाई Abin Karki Ac no : 215445358352400, NIC Asia, Kausaltar Branch Khalti : 9860428096, Esewa:9860428096 मार्फत रकम जम्मा गरेर सहयोग गर्न सकिन्छ । वहाँको मोबाईल नं: 9860428096. रहेको छ । नेपालको सातै प्रदेशमा सक्रिय रहेर निशुल्क चिकित्सकीय तथा मनोबैज्ञानिक परामर्श सेवा समेत प्रदान गर्ने यो समुहको फेसबुक पेज- hamro sano prayas रहेको छ ।