इलाममा आज ५५ जना संक्रमित थपिए

इलाममा आज ५५ जना संक्रमित थपिए


फिक्कल: इलाममा आज ५५ कोरोना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा १०, सूर्योदय नगरपालिकामा ६, माईजोगमाई गाउँपालिकामा २०, माङ्सेबुङ गाउँपालिकामा ११, माई नगरपालिकामा २, चुलाचुली गाउँपालिका र फाकफोथुम गाउँपालिकामा ३÷३ संक्रमित थपिएका छन्

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार जम्मा संक्रमितको संख्या ८ सय २५ पुगेको छ । जम्मा मृत्यु हुनेको संख्या २२ र निको हुनेको संख्या ९७ रहेको छ ।