नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुँने बढे, २४ घण्टामा ७२२६ संक्रमणमुक्त

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौंं : नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा थप ६९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पीसीआर परीक्षणबाट ६७३१ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, ७२२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनाको मृत्यु भएको हो ।यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.