इलाममा आज थप २७ जनामा कोरोना संक्रमण, हालसम्म २३ जनाको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: इलाममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घण्टाको परीक्षणमा इलाम नगरपालिकामा ५, सूर्योदय नगरपालिकामा ९, माईजोगमाई गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा ६ जना थपिएका छन् ।

यस्तै, आज रोङ गाउँपालिकामा एक, माई नगरपालिकामा ५ संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा २३ जनाको मृत्यु भइसकेको छ भने एक सय २० जना निको भइसकेका छन् । जम्मा संक्रमितको संख्या आठ सय ५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.