औषधी ब्यवसायी संघद्धारा सूर्योदयका संचार संस्था र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री बितरण

औषधी ब्यवसायी संघद्धारा सूर्योदयका संचार संस्था र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री बितरण

फिक्कल: नेपाल औषधी ब्यवसायी संघको ४८ औं स्थापना दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकामा संचार संस्था र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री बितरण गरिएको छ ।नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा इलामको आयोजनामा फिक्कल बजारमा आयोजित एक कार्यक्रममा नगर क्षेत्रमा रहेका संचारसंस्था र सुरक्षाकर्मीलाई माक्स , सेनिटाईजर जस्ता स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
संघका जिल्ला उपाध्यक्ष राजु बरालले कोभिड १९ को महामारीको समय भएकाले कुनै ठूलो कार्यक्रम नगरीए पनि फ्रन्टलाईनमा काम गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री बितरण गरिएको जानकारी दिनु भयो । कार्यक्रममा रेडियो बुद्धबाणी एफ.एम. , रेडियो फिक्कल , एबीसी नेपाली डटकम अनलाईन, लोकल सन्देश डटकम अनलाईन, फिक्कल प्रहरी चौर्की , फिक्कल ट्राफिक प्रहरी बिट फिक्क्ल र शसस्त्र प्रहरी पोष्ट आईतबारेलाई स्वास्थ्य सामग्री बितरण गरिएको संघका उप-कोषाध्यक्ष अमृत सापकोटाले जानकारी दिनु भयो ।सोही अवसरमा औषधी व्यवसायी जीवनकुमार सापकोटालाई सम्मान गरिएको छ । २०५१ साल देखि औषधी व्यवसायमा संलग्न वडा नं ८ छिपिटारका सापकोटालाई योगदानको कदर गर्दै सम्मानपत्रले सम्मानित गरिएको हो ।