इलाम अस्पतालले भिडियो एक्सरे नगर्दा बिरामी मर्कामा,डाक्टर जति निजी क्लिनिकमा व्यस्त

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: इलाम अस्पतालले स्त्री रोगबाहेक अन्य बिरामीको भिडियो एक्सरे नगर्दा बिरामी मर्कामा परेका छन् ।अस्पतालले बिभिन्न कारण देखाउदै बिरामीलाई निजी क्लिनिकमा भिडियो एक्सरे गर्न पठाउने गरेको छ ।जस्ले गर्दा स्वास्थ्य बिमा गरेका र आर्थिक अवस्था कमजोर भएकाहरु बढी मर्कामा परेका छन् ।अस्पतालका मेडिकल सुपरिडेण्डेन डा प्रभु शाहले स्त्री रोग सम्बधी बिरामीको मात्र भिडियो एक्सरे गर्दै आएका छन् । अन्य बिरामीहरुको भिडियो एक्सरे गर्नुपरेमा अस्पतालले बाहिर पठाउने गरेको छ ।

अस्पतालको आसपासमा रहेका द मेडिको, दुर्गा मेडिको लगायतका क्लिनिकले भिडियो एक्सरेको सेवा दिंदै आएका छन् ।यी क्लिनिकहरुमा इलाम अस्पतालकै डाक्टरहरुले भिडियो एक्सरे गर्ने गरेका छन् ।द मेडिकोमा डाक्टर प्रभु र दुर्गा मेडिकोमा डाक्टर विश्रुत सापकोटाले भिडियो एक्सरे गर्ने गरेका छन् । निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीको गुनासो छ ।स्वास्थ्य बिमा गरेका केही बिरामी अस्पतालले बाहिर पठाउने गरेपछि जाँच नगराई घर फर्कने गरेका छन् । भिडियो एक्सरे गर्न आइयो तर भएन अस्पतालको गेटमा भेटिएका इलाम सोयाङका राम राईले भने डाक्टरले बाहिर गरेर आउनुभनेका छन् ।

तर उनी भिडियो एक्सरे नगरी घर फर्किए ।स्वास्थ्य बिमा गरेको थिए, पैसा नबोकी आए राईले भने अब अर्को दिन आउनुपर्नेभयो ।पछिल्लो समय उनी जस्तै धेरै बिरामी यस्तै समस्या झेल्न बाध्य छन् ।अस्पतालले भने दक्ष जनशक्ति अभावमा सबै बिरामीलाई भिडियो एक्सरेको सेवा दिन नसकेको बताउँदै आएको छ । अस्पतालमा रेडियोलोजिष्ट उपलब्ध भएमा मात्र सबै बिरामीले भिडियो एक्सेरेको सेवा पाउने डा प्रभु शाह बताउछन् । बिहान १० बजेदेखी १ बजे सम्म डाक्टरहरु ओपिडीमा बस्ने गरेका छन् ।१ बजे पश्चात मात्र डा प्रभुले भिडियो एक्सरे गर्ने गरेका छन् ।एउटा मात्र भिडियो एक्सरे मेसिन भएको साथै समय नमिल्दा अस्पतालमा आफुले भिडियो एक्सेरे गर्न नसकेको अर्का डाक्टर विश्रुत सापकोटाको भनाई छ ।अस्पतालले प्रदान गर्ने सेवामा समयसमयमा प्रश्न उठ्ने गरेको छ ।

केहीले त इलाम अस्पताललाई रिफर सेन्टर समेत भन्ने गरेका छन् ।अस्पतालमा स्वास्थ्यकर्मी बीचनै आवश्यक समन्वय र सहकार्य नहुँदा समस्या देखिने गरेको छ ।अस्पतालमा हाल उपलब्ध जनशक्तिले नै सबै बिरामीलाई सेवा दिन सकिने सोही अस्पतालमा लामो समय कार्यरत एक स्वास्थ्यकर्मीे बताउछन् । तर आवश्यक समन्वय र सहकार्य हुन नसक्दा यस्तो समस्या आएको उनको भनाई छ ।

केही समय अघिसम्म कोभिडका सामान्य बिरामी उपचारका लागि झापा जानुपर्ने बाध्यता थियो ।उनले भने अहिले यही अस्पतालमा नै उपचार हुने गरेको छ ।सबैले आवश्यक पहल गर्ने हो भने समस्या समाधान हुने उनको तर्क छ ।यता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गणेश बरालले यसबारेमा पटक पटक कुरा गरेको तर समस्या समाधान हुन नसकेको बताए ।सस्तो र भरपर्दो सेवा आम नागरिकले पाउनुपर्ने बताउँदै उनले अब कानुनी बाटोबाट समस्याको हल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.