कोरोना बढेपछि इलाम नगरपालिका फेरी सिल हुँने

  • 35
    Shares
कोरोना बढेपछि इलाम नगरपालिका फेरी सिल हुँने

इलाम : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भोलिदेखि इलाम नगरपालिका सिल गर्नका लागि नगरले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।इलाम नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको इलाम नगरपालिका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताउनु भयो ।

नगरमा पनि दैनिक संक्रमण बढ्दै गएको तथा मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले नगरपालिकालाई एक हप्ताका लागि सिल गर्न बैंठकले सिफारिस गर्ने निर्णय गरेको जानकारी श्रेष्ठले दिनु भयो । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गर्ने गरेर सिफारिस गरिएको र वडा कार्यालयहरु समेत बन्द रहने प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।इलाम नगरपालिकामा दोस्रो लहरपछि नौं सय १६ जना संक्रमित भइसकेका छन् भने १६ जनाको मृत्यू भएको छ ।