छोराको कुटपिटबाट देउमाईका टेकबहादुरको मृत्यु

  • 23
    Shares
छोराको कुटपिटबाट देउमाईका टेकबहादुरको मृत्यु

इलाम : देउमाई नगरपालिका–२ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । गत साउन ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरायसी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाइते बनाएका थिए ।

घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा गएराती ९ बजे मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको जनाइृएको छ ।