इलाममा आज ९० जनामा कोरोना संक्रमण पुष्टि

  • 26
    Shares
इलाममा आज ९० जनामा कोरोना संक्रमण पुष्टि

इलाम: इलाममा आज थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा २३ , माङसेबुङ गाउँपालिकामा २०,सूर्योदय नगरपालिकामा १६, माई नगरपालिकामा ८, देउमाई नगरपालिकामा ७, फाकफोकथुम गाउँपालिकामा २ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा १÷१ जनामा सङ्क्रमण देखिएको छ ।

थप एक जनाको मृत्यु भएका् छ । जिल्लामा अहिले सम्ममा तीन हजार एक सय ३१ जनामा सङ्क्रमण देखिएको छ भने हालसम्म सक्रिय सङ्क्रमित आठ सय ९० जना रहेको छ ।