इलाममा कोरोनाका कारण एकै दिन चार जनाको मृत्यु

  • 63
    Shares
इलाममा कोरोनाका कारण एकै दिन चार जनाको मृत्यु

इलाम: कोरोनाका कारण आज एकै दिन इलाममा चारको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिकाका –४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिकाका एक पुरुष र माङसेबुङ्ग गाउँपालिकाका ६५ वर्षकी महिलाको मृत्यु भएको हो । एकै दिन चार जनाले ज्यान गुमाएपछि इलाममा भोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
यसैबिच इलाममा आज ७६ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १८ महिला र २९ पुरुष गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ६ महिला र नौ पुरुष गरेर १५ जना, देउमाई नगरपालिकामा चार महिला र तीन पुरुष गरी सात जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । माइजोगमाई गाउँपालिकामा तीन महिला र दुई पुरुष गरेर पाँच जना, फाकफोकथुममा एक पुरुष र सन्दकपुर गाउँपालिकामा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।